Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। सत्तागठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार यहाँ वैशाख १२ मा आ-आफ्नो हिसावले दलहरूले उम्मेदवारी दर्ता गरेका थिए।
उम्मेदवारी दर्ता र फिर्ताको समय सकिएपछि पनि चुनावी तालमेल भएका छन्। गोरखा नगरपालिकामा मेयर माओवादीले राखेर उपमेयर जसपालाई दिने गरी चुनावी तालमेल भएको छ।
मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा जसपाका नारायण खत्री रहने गरी तालमेल भएको छ।
माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष जसपालाई छाड्ने गरी तालमेल भएको थियो। माओवादीबाट अध्यक्षमा दिपक तिमिल्सिना (साकार) उम्मेदवार छन् भने जसपाबाट भीम श्रेष्ठ उपाध्यक्ष उम्मेदवार छन्।
०७४ मा गोरखा नगरपालिका र गण्डकी गाउँपालिका दुबै नेपाली कांग्रेसले जितेको थियो। सहमतिको पत्र बाहिरिएसँगै गोरखामा कांग्रेस दल भने असन्तुष्ट छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij