Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपत्यकामा एकैदिन १३ सयभन्दा बढी चालकमाथि कारवाही

उपत्यकामा एकैदिन १३ सयभन्दा बढी चालकमाथि कारवाही

  • काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेकामा कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२५ जना, फुटपाथमा पार्किङ गर्ने ९६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७१ जना रहेका छन् । 

    AGNI GROUP

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४३ जना, क्षमता भन्दा बढी यात्रु राख्ने २७ जना र अवस्था ठिक नभएको सवारी साधन चलाउने ३० जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij