Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म मतपुग्न पुग्न नसकेका जिल्ला जिल्ला सदरमुकाममा आज पुगिसक्ने र त्यहाँबाट पालिकामा पठाइने निर्वाचन आयोगले जनाएको छ।
अहिलेसम्म अधिकांश जिल्लामा मतपत्र पुगे पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही जिल्लामा पुगेको छैन। मत पत्र आजसम्म सबै जिल्लामा पुगेपछि ७५३ पालिकामा पठाइने आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij