Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसले आज काठमाडौँमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ। दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।
सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौँ महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij