Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ । नेपाली कांग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन्।
बिहीबार घरदैलो कार्यक्रम सकेर आराम गरी बसेका कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले सल्लाह गर्नु छ भन्दै बोलाएर कुटपिट गरेको घाइते कुमार तामाङले बताए।
बलेफी गाउँपालिका–५ माओबादी वडाअध्यक्ष रामबहादुर तामाङ र रमेश तामाङको नेतृत्वका २० जना समूहले सल्लाह गर्नु छ भनेर बोलाई कांग्रेसलाई भोट नमाग्न दबाब दिदैं कुटपिट गरेको कुमारकाे आरोप छ।
बियरको बोतल, ढुंगा, लाठी प्रयोग गरी कुटपिट गरेको अर्का घाइते खड्ग बहादुर तामाङले बताए। कुटाकुटबाट कांग्रेस कार्यकर्ता बयानबहादुर तामाङ, सुवास तामाङ कुटपिटबाट घाइते भएका छन्।
माओवादी जिल्ला अध्यक्ष गोविन्द पराजुलीले नेपाली कांग्रेसका कार्यकर्ता निर्वाचन आचारसंहिता उल्लंघन गरेका कारण बिवाद हुदाँ सामान्य झडप भएको बताए। नेपाली कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामाले कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेका छन्। कुटपिट गर्ने माओवादी कार्यकर्ता फरार रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij