Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्युठानमा नेकपा एमाले र सत्तारूढ गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका-८ फोप्लीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई कार्यकर्ता घाइते भएका छन्। झडपमा एमालेका कार्यकर्ता विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार भोट माग्न हिँड्ने क्रममा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताएका छन्। घाइतेहरूको हाल बिजुवारस्थित प्युठान अस्पतालमा उपचार भइरहेको छ।
नौबहिनी गाउँपालिकाको अध्यक्षमा गठबन्धनाको तर्फबाट नेपाली कांग्रेसका शिवराज रिजाल र नेकपा एमालेको तर्फबाट डिलबहादुर थापा उम्मेदवार छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij