Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण ललितपुरको मतगणना स्थल : विद्युत् र इन्टरनेटको समस्या

दक्षिण ललितपुरको मतगणना स्थल : विद्युत् र इन्टरनेटको समस्या

  • ललितपुर । दक्षिण ललितपुरको मतगणनास्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्नसक्ने भन्दै मतदान अधिकृतहरू चिन्तित छन् । 
    वागमती गाउँपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले विद्युत्‌को समस्या रहेको बताए । उनले भने, 'चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अँध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’ 

    onlinepatrika
    Arghakhachi

    महांकाल गाउँपालिकाकी मतदान अधिकृत सुशीला ज्ञवालीले पनि मतदानस्थलमा विद्युत्‌को समस्या रहेको बताइन् ।  उनले भनिन्, ‘यहाँ भएको वैकल्पिक व्यवस्थाको रुपमा सोलार प्रयोग गर्दैछौं ।’ अधिकृत ज्ञवालीले भनिन्, ‘पालिकामा भएको इन्टरनेट तानेर चलाइएका छौं ।’

    AGNI GROUP

    उता कोञ्ज्योसोम गाउँपालिकामा पनि विद्युत् जानसक्ने समस्यालाई मध्यनजर गरेर सोलार जोहो गरिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथालाले बताए । उनले भने, ‘सोलार त छ । तर निरन्तर घाम लागे चार्ज होला । नत्र चार्ज हुँदैन ।’

    प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनका लागि लक्षित गरेर प्राधिकरणसँग समन्वय गरेर बिजुली व्यवस्था गर्ने तयारी भइरहेको बताए । 'हामी वैकल्पिक व्यवस्था गर्ने व्यापक योजना बनाउँदै छौँ ।’ उनले भने, ‘इन्टरनेटको लागि फोनलगायत सबै स्रोत प्रयोग गरिन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij