Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा

मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा

  • काठमाडौैं । अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन् ।हालका राष्ट्रपति फस्टिन आचेन्ज टुडेरा अहिलेको निर्वाचनमा समेत अग्रपंक्तिमा रहनु भएको छ । तर चुनाव हुन एक साता अघिदेखि सत्ता विद्रोह हुने हल्ला चलेको थियो भने चुनावमा परस्पर धाँधलीका आरोप लागेका थिए । यसैबीच, विद्रोहीहरुले देशको चौथो ठूलो शहर केही समय कब्जामा पनि लिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    हिंसात्मक घटना बढ्दै गएपछि संकटमा परेको सरकारलाई मद्दत गर्न रसिया र रुवान्डाले थप सैनिक पठाएका थिए । राष्ट्रसंघीय शान्तिसेना र स्थानीय एवं रुवान्डाका सेनाले राजधानीका सडकमा गस्ती गरिरहेका थिए । उनीहरुले मतदान स्थलको सुरक्षाका लागि बख्तरबन्द गाडीको समेत प्रयोग गरेका थिए ।बाङ्गुईमा मतदान सामग्रीको कमी भएपछि मतदान स्थलहरु ढिला गरी खुलेको एक जना चुनाव अधिकृतले बताए । हाँ राष्ट्रपतिका लागि १६ जना चुनावी मैदानमा छन् । टुडेराका मुख्य प्रतिस्पर्धीका रुपमा पूर्व प्रधानमन्त्री एनिसेट जर्ज डोलोगिले रहनु भएको छ । 

    AGNI GROUP

    चुनावको परिणाम आगामी जनवरी ४ बाट आंशिक रुपमा प्राप्त हुन थाल्ने र जनवरी १९ मा सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएलगत्तै सरकारका प्रवक्ता आङ्गे माक्सिमे काजागुईले सशस्त्र समूहको धम्कीलाई समेत बेवास्ता गर्दै मतदानमा भाग लिएकामा आम मतदाताप्रति आभार प्रकट गर्नु भएको छ । राष्ट्रिय निर्वाचन आयोगका अधिकारी मोमोकोमा थियोफाइलले केही स्थानमा छिटपुट घटना हुनुबाहेक देशैभर चुनावमा मतदाताको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो ।पहिलो चरणमा कुनै उम्मेदवार बहुमत ल्याउन नसके आगामी फेब्रुअरी १४ मा दोस्रो चरणको मतदान हुनेछ । 

    बाङ्गुई बाहेक देशका विभिन्न भागमा विद्रोहीसँग भिडन्तहरु भएका खबर प्राप्त भएका छन् । कतिपय स्थानमा विद्रोहीहरुले स्थानीय मतदातालाई चुनावमा सहभागी नहुन धम्की दिएका थिए । व हुनुअघि १४० स्थानको राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका झण्डै १ हजार ५०० उम्मेदवारले सुरक्षा व्यवस्था कमजोर रहेका कारण चुनावी प्रचार गर्न समेत पाएका थिएनन् । पूर्व राष्ट्रपति फ्रान्को बोजिजेलाई भने न्यायाधीशले चुनावमा उठ्नबाट रोकेका थिए । फ्रान्कोमाथि राष्ट्रसंघीय प्रतिबन्धहरु रहेका छन् । चुनावमा उठ्न नपाएपछि फ्रान्कोले विद्रोहीको गठबन्धनलाई मद्दत गरेका थिए ।

    सरकारले फ्रान्कोको इशारामा सत्ता विद्रोह हुन लागेको भन्दै डिसेम्बरमा एक विज्ञप्ति प्रकाशन गरेको थियो । तर सरकारको उक्त आरोप फ्रान्कोले अस्वीकार गरे पनि ठूलो संख्यामा विद्रोहीहरु राजधानीतर्फ अगाडि बढेका खबर प्राप्त भएका छन् । मध्य अफ्रिकी गणतन्त्र खनिज पदार्थका लागि निकै धनी राष्ट्र हो तर स्वतन्त्र भएयता ६० वर्षदेखि यहाँ जारी सशस्त्र विद्रोह र अस्थिरताका कारण गरिबी चरम स्थितिमा छ । 

    सन् २०१३ यता भडकिएको गृहयुद्धबाट हजारौं मानिसको ज्यान गइसकेको छ भने करिब ४९ लाख जनसंख्या रहेको यस मुलुकबाट एक चौथाई मानिस अन्यत्र पलायन भएका छन् । झण्डै ६ लाख ७५ हजार मानिस झिमेकी मुलुकहरुमा शरणार्थीका रुपमा बस्न बाध्य छन् र उनीहरु मतदानका लागि योग्य छैनन् ।पछिल्ला दुई वर्षदेखि रक्तपातमा केही कमी आएको छ तर हिंसात्मक घटना जारी छ । विद्रोही समूहहरुले देशको कूल भूभागको दुई तिहाई भन्दा बढी जमिन कब्जा गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट