Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । स्वतन्त्रबाट उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर बन्न सफल हर्कराज राई साम्पाङले सपथ लिएका छन्।
सोमबार इनरुवामा आयोजित सपथग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर साम्पाङले सपथ लिएका हुन्। नवनिर्वाचित मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले सपथग्रहण गराएका थिए।
साम्पाङले २० हजार ८ सय २१ मत ल्याएर विजयी भएका थिए। धरानको खानेपानीदेखि सुकुम्बासी समस्या, स्वास्थ्य क्षेत्रको बेथिति, सुशासन कायमलगायतका विषयमा उनले प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij