Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । झापामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । झापा गाउँपालिका ३ कत्लामारीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो। उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो।
ट्याक्टर चालक भने फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij