Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डौँ । मेडिकल ब्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाइले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई ‘फेलर राजनीतिज्ञ’ को संज्ञा दिएका छन् ।
अब आफु प्रधानमन्त्री बन्ने बताउदै प्रसाइले थापालाई टेलिभिजन कार्यक्रममार्फत् केही गर्न नसकेको फेलर राजनीतिज्ञ भएको आरोप लगाएका हुन् ।
एपिवान टेलिभिजनबाट विहिबार राति प्रसारण भएको ‘प्रकाश सुवेदी शो’मा अन्तरवार्ता दिँदै उनले थापामाथि अनेक आरोप लगाएका थिए।
खान लगाउन नपाएका सबै दुखी गरिब जनताले दुर्गा प्रसाइ खोजेको बताउँदै उनले चाँडै मुलुकको प्रधानमन्त्री बन्ने दावी गरे ।
आफूले सयौँ मानिसलाई रोजगारी दिएको बताउँदै गगनले देशको लागि केही पनि गर्न नसकेको उनको आरोप छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij