Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । हवाई इन्धनको मूल्य घटाउन वायुसेवा सञ्चालकहरूले सरकारसँग माग गरेका छन् ।
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको तर हवाई इन्धनको मूल्य नघटाएकोमा ध्यानाकर्षण भएको वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघका प्रवक्ता योगराज कँडेल शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी देशको तुलनामा महँगो भएको जनाएका छन्।
हवाई सञ्चालनमा खर्चको ४० प्रतिशित इन्धनकै हिस्सा हुने संघले जनाएको छ।
अन्य मुलुकमा इन्धनमा ५० प्रतिशत अनुदान दिने गरेको उल्लेख गर्दै संघले “नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धराशायी हुनबाट बचाउन हवाई इन्धनको अस्वाभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन हुनु जरुरी रहेको बताएको छ।”

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij