Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ। जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो।
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।
भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij