Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। आजै संसदीय समिति बनाउने तयारी भएको स्रोतले जनाएको छ।
२०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको अर्थमन्त्री शर्मामाथि लागेको आरोपबारे छानबिन गर्न समिति बन्न लागेको जनाइएको छ।
यस्तै, अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कारको तयारी गरेको जनाएको छ।
यसअघि संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij