Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न विषय परीक्षाको लागि हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नहुने गरी कारबाही गरेको छ।
रजिष्ट्रारको कार्यलय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा ती दुवै प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरुलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने निर्णय गरेको हो ।
त्रिविले ती व्यक्तिले प्राज्ञिक मूल्य र मान्यताविपरीत गई कार्य गरको भन्दै ३ वर्षसम्मका लागि त्रिवि अन्तर्गतका कुनै पनि परीक्षामा संलग्न नगर्न नगराउने गरी कारबाही गरिएको त्रिविले जनाएको छ।
बीबीए छैटौं सेमेष्टर अन्र्तगत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेष्टर अन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij