Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फुट्यो जसपाः बाबुरामसहित नौ जना निकालिए

फुट्यो जसपाः बाबुरामसहित नौ जना निकालिए

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गरेर अशोक राईलाइ सो जिम्मेवारी दिईएको छ। वीरगन्जमा बसेको जसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको विधानविपरित अराजक तरिकाले पार्टी कमजोर बनाउने काम गरेको भन्दै भट्टराईसहित नौ जनालाई पदमुक्त गर्ने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    बैठकले भट्टराईसहित हिसिला यमी भट्टराई, पुर्वमन्त्री महिन्द्र राय यादव ,रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगा श्रेष्ठ ,भक्त बहादुर शाह र दानबहादुर चौधरीलाई कारबाही गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य समेत रहेका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

    AGNI GROUP

    सोमबार संघीय परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा जसपाको ब्यानरको दुरुपयोग गरिएको र विधान विपरित झुण्डको भेला गरेकाले उनीहरुलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरीएको अधिकारीले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij