Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । बर्दियामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन्।
बाँके बैजनाथ गाउँपालिका घर भइ बर्दियाको बढैयाताल स्थित दिदीको घरमा आएका बेला १६ वर्षीया बालिकामाथि साउन ५ गते बलात्कार भएको हो।
फुलबारीस्थित सडक किनारमा बालिकामाथि बलात्कार भएको भन्ने जाहेरी आएपछि इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–८ गुरुदयालका ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिक छन्। यस मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij