Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अबिरल वर्षापछि खसेको पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको ज्यान गएको छ। पहिरोले बेसारे बेंसीघरका भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिएर बेपत्ता भएकी मृतक रानाको शव सुरक्षाकर्मीले निकालेका थिए। शव पोष्टमार्टनका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ।
राति सुतिरहेको अवस्थामा घरमाथि डाँडाबाट पहिरो खस्दा रानाको घर पुरिएको थियो।
रानाका छोराहरू विदेश छन्। घरमा साशुसशुरा र बुहारी मात्र बस्थे। सासुससुरा गोठमा सुतेकाले ज्यान जोगिएको प्रहरीको भनाइ छ। मृत्तक राना स्थानीय स्कुलमा पढाउने शिक्षिकासमेत हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij