Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो। आज पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने बैठक बोलाइएको थियो। 

    onlinepatrika
    Arghakhachi

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएका छन्। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो।

    AGNI GROUP

    आजको बैठकमा अर्थमन्त्रीका विषयमा पनि छलफल हुने बताइएको थियो। बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको जनाइसकेको छ।
    आज स्थगित भएको बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij