Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काभ्रेस्थली घटनामा भेटिएको 'सुसाइट नोट'

काभ्रेस्थली घटनामा भेटिएको 'सुसाइट नोट'

  • काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित घरमा एकै परिवारका चार सदस्यको विभत्स अवस्थामा शव भेटिएको घटनामा श्रीमानले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, छोरी १३ वर्षीया आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे घरमै मृत भेटिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    घटनास्थलमा फेला परेको ‘सुसाइड नोट’ र घटनाको प्रकृति हेर्दा श्रीमानले नै श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

    AGNI GROUP

    घटनापछि पारिवारिक स्रोतका अनुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर नेपाल फर्किएका थिए । जग्गा किनेर घर बनाएर उनीहरू त्यहाँ बस्दै आएका थिए । श्रीमती सुनिता र दिनेशबीच केही समयदेखि विवाद थियो र सोही कारण उनीहरूबीच झगडा हुन्थ्यो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुवैलाई बोलाएर छलफल गराएको थियो । तर, उनीहरूको सम्बन्ध सुधार हुन सकेन ।

    निरन्तरको विवाद र झैं–झगडाका कारण दिनेशले सुनितासँग सम्बन्धविच्छेद गर्न खोजेका थिए । तर, सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै सम्बन्धविच्छेद गर्न चाहिनन् ।

    सम्बन्धविच्छेदको सट्टा वैदेशिक रोजगारीका लागि प्रयास थालेकी सुनिताले बेलायतको सिजनल भिसा लागेपछि पदमसालमा सञ्चालन गर्दै आएको फेन्सी पसल बेच्नुका साथै बेचेर मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खातासमेत बन्द गरेकी थिइन् ।

    दिनेशले श्रीमती र छोराछोरीको चक्कुले हानेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ । हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको एक प्रहरी अधिकृतले बताए ।

    ती प्रहरी अधिकृतका अनुसार दिनेशले श्रीमती सुनिताले आफूलाई माया नगरेको र माइतीसँग मिलेर सम्पत्ति हड्प्न खोजेकाले मर्न र मार्न बाध्य भएको ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij