Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • फाइल तस्वीर

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी छ।

    AGNI GROUP

    हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्। त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने देउवाको तयारी छ ।

     देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

    निर्वाचन आयोगले सरकारले ढिलै घोषणा गरे पनि पनि तोकिएकै मितिमै निर्वाचन सम्पन्न गर्ने बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट