Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फलफूल तथा तरकारीको नयाँ मूल्य तोकियो

फलफूल तथा तरकारीको नयाँ मूल्य तोकियो

  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यस्तै, स्थानीय काउली प्रतिकिलो ६८ रुपैयाँ, लोकल काँक्रो ७६ रुपैयाँ, कागती २०४ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८३ रुपैयाँ ३३ पैसा तोकिएको छ । समितिका अनुसार तराई गाजर प्रतिकिलो ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, र गान्टे मूलाको ९५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, गुन्द्रुक प्रतिकिलो २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ४१ रुपैयाँ २० पैसा कायम गरिएको छ । 

    AGNI GROUP

    त्यस्तै, राजमा घिउ सिमी प्रतिकिलो १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, झिगूनी ४५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ र  तामा ११६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यसैगरी तितो करेला प्रतिकिलो २३ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ र न्यूरो ११६ रुपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij