Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७९ जना कारबाही परेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने १२८ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ११६, हर्न बजाउने १४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३ र अन्य २, ५९५ गरि तीन हजार १८७ वटा सवारी चालकलाई कारबाही गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij