Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पेट्रोलियम पदार्थको मूल्य नघटाउदा संसदीय समितिमा उजुरी

पेट्रोलियम पदार्थको मूल्य नघटाउदा संसदीय समितिमा उजुरी

  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिइएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्षले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै  निवेदन दिएका हुन् । इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ३ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले पनि विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ । तर पनि निगमले मूल्य घटाएको छैन, मञ्चले भनेको छ, ‘मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’

    AGNI GROUP

    निगमले उपभोक्ता ठग्ने काम गरेको भन्दै तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने मञ्चको निवेदनमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij