Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्दै

एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्दै

  • काठमाडौँ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि सरकारले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ।  उक्त चुनावको लागि म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    सो संख्यामा भर्ना गर्न अर्थले बजेट छुट्याएको हो। म्यादी प्रहरी कम्तीमा पनि ४० दिनको लागि भर्ना खुल्नेछ।

    AGNI GROUP

    गत  वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना लिएको थियो। उनीहरूलाई ४५ दिनको लागि भर्ना गरिएको थियो।

    अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुन लागेको भन्दै नेपाल प्रहरीले म्यादी प्रहरीको संख्या बढाउनुपर्ने बताएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij