Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । न्युरोडमा रहेको विशाल बजार भवनलाई काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।मेयर बालेन साहको नेतृत्वमा भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न महानगरले निर्देशन दिएको हो।
आज महानगरले बिहानै देखि न्युरोडको आपासका क्षेत्रमा भवनका बेसमेन्टमा सञ्चालन हुँदै आएका पसलहरु हटाउँदै आएको छ ।सोही क्रममा विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत भएको महानगरको टोलीले बताएको छ ।
साथै भवनको नक्सा समेत नरहेको पाइएपछि महानगरले तत्काल नक्सा सहित वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij