Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन्।
‘नेपाली महिलाले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ।
तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ।
तीज नेपाली महिलाले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दुःख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत-संगीतका माध्यमबाट मनोरञ्जन लिने विषयलाई विज्ञानसँग जोडनु पर्ने उनको तर्क छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij