Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्यायपरिषद् बैठकले बर्खास्तीका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। न्यायपरिषद्का अध्यक्षले न्यायपरिषद्को सिफारिसमा न्यायाधीशलाई बर्खास्त गर्न सक्छन्। न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।
न्यायाधीश अधिकारीको कार्यक्षमतामा प्रश्न उठाउँदै बर्खास्ती गर्ने निर्णय भएको न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीले बताएका छन् । न्यायाधीश अधिकारीमाथि उजुरी परेको र परिषद्ले छानबिन गर्दा गलत रूपमा न्याय सम्पादन गरेको भेटिएको थियो।
कार्यक्षमतामा अभाव र खराब आचरणको विषयमा उनलाई सुनुवाइको मौकासमेत दिइएको थियो। अधिकारीको जवाफमा असन्तुष्ट नभएपछि परिषद्ले बर्खास्तीको निर्णय गरेको प्रवक्ता कार्कीले बताए। यसअघि परिषद्को सिफारिसमा पाँचजना न्यायाधीश पदमुक्त भइसकेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij