Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । घरजग्गाको कारोबार गर्नका लागी सरकारले लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको छ । मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेश गरेको छ ।
उक्त संशोधन अनुसार तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुरसहित नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवदेन दिएपछि घरजग्गा सम्बन्धी कारोबार गर्न चाहने व्यक्तिले बल्ल् कारोबार गर्न पाउनेछन्।
त्यसपछि सम्बन्धित अधिकारीले आवश्यक शर्त तोकी निवेदकलाई घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र दिन सक्नेछन् । सो इजाजत पत्रको अवधि ५ वर्षसम्म कायम रहने छ ।
तर यदि कसैले इजाजतपत्र नलिई घरजग्गा कारोबारको काम गरेको पाइएमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij