Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक करोड बराबरको अवैध सामान बरामद

एक करोड बराबरको अवैध सामान बरामद

  • काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित जङ्गलमा गरेको सवारी साधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट रु एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार रहेको छ ।

    AGNI GROUP

    उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए । बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij