Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिँदै काठमाडौं महानगरपालिकाको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा डोजर लगाएको छ । सो क्षेत्रमा रहेका अनधिकृत संरचनालाई महानगरले डोजर लगाएर हटाएको हो।
त्यसैगरी सो क्षेत्रमा नक्सापास विपरित बनाइएका घर टहराका, सडक मिचेर बनाइएका कम्पाउण्ड महानगरले भत्काउनुको साथेै सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न पनि चेतावनी दिएको छ।
महानगरपलिकाले नक्सा पासनगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दा विपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij