Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
लामिछाने विरुद्ध १७ वर्षीया किशोरीले गौशाला प्रहरी वृत्तमा बलात्कारको जाहेरी दिएकी थिइन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो।
अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई पक्राउ गर्न सक्ने काठमाडौँँ जिल्ला प्रहरी परिसर ले जनाएको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij