Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । चार दिने नेपाल भ्रमणमा रहेका ली आज तेस्रो दिन बुधबार उनले राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij