Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न

  • काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो  ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले सोमबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । समारोह कार्यक्रम कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकारका सहसचिव डा. नारायण प्रसाद रेग्मीको सभापतित्वमा भएको थियो ।  

    onlinepatrika
    Arghakhachi

    रेग्मीले  बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई समेत सघाउदै आएको उल्लेख गर्नुहुँदै मन्त्रालयले आवश्यक परेको खण्डमा अझ थप दायित्व पनि सुम्पने बताउनु भयो ।  साथै उहाँले सरकारको निर्देशनलाई वस्तुनिष्ठ तबरले पालना गर्दै आएको भन्दै कर्पोरेशनको प्रशंसा गर्नुहुँदै व्यवस्थापनले आधुनिककरण, डिजिटलाईजेसन जस्ता विषयलाई अझ प्राथमिकता दिदै व्यवसाय विस्तारको नीतिलाई सेमेटदै अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  

    AGNI GROUP

    साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष  मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड व्यवस्थापन समक्ष करारमा कार्यरत केही  कर्मचारीहरुलाई स्थायी गर्न आग्रह गर्दै कर्पोरेशनको  गेट भित्र छिरिसकेपछि सबैमा अपनत्वबोध हुनुपर्ने धारणा राख्नुभयो । 

    सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रीयाकलाप गर्दै आएको बताइन् ।  श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ५९ बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    सोही अवसरमा कर्पोरेशन अन्तर्गत कार्यरत कर्मचारीका छोरा छोरीहरु एसईई परिक्षामा सर्वोकृष्ट नतिजा ल्याउनेलाई छात्रवृत्ति प्रदान, बाल हितकारी, उत्कृष्ट कर्मचारी, सोही अवसर माझ कर्पोरेशनमा २० वर्ष सेवा अवधि पुरा गरेका लाई सम्मान गरिएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij