Jun 22 2026 | २०८३, असार ८ गते
काठमाण्डौ । अमेरिका जाने इडीभी लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नौ जना पक्राउ परेका छन् ।
इडीभी २०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको र बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाडौं बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाडौं बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्याकुरेल, काठमाण्डौका सुरज राज खत्री, अछामका वीरेन्द्र बहादुर रावल, झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।
प्रहरीले अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ सहभागी रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij