Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । आफ्नै ४ वर्षीय भतिजको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रवीले आफ्नै चार वर्षीय भतिज अनुष पासवानलाई फलामको रड प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij