Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६१७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक कारबाहीमा परेका छन्।
त्यस्तै सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij