Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । आज आरोपी सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइने भएको छ। म्याद थपका गर्नका लागि लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो।
नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा असोज २० गते उनी पक्राउ परेका थिए। उनलाई अदालतमा म्याद थपका लागि पहिलोपटक असोज २४ गते र दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।
अदालतले ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी परेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij