Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । २८ लाख घुससहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा पक्राउ परेका छन्।
१६ लाख नगद र १२ लाखको चेकसहित नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
अख्तियारका अनुसार इन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले उक्त रकम घुस लिएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij