Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बझाङमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो

बझाङमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो

  • काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै १६ जना यात्रुहरू घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ ।

    AGNI GROUP

    मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij