Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सेवा केन्द्रका कर्मचारीमाथि गोली हान्ने चार जना पक्राउ

सेवा केन्द्रका कर्मचारीमाथि गोली हान्ने चार जना पक्राउ

  • काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका -१ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट गर्ने र  कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सो चार जनालाई प्रदेश प्रहरी कार्यालय जनकपुरको इन्सपेक्टर उमाशंकर प्रसाद साहको नेतृत्व टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक रहेका छन् ।

    AGNI GROUP

    पक्राउ पर्नेमा भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन् । 

    गम्भिर घाइते भएका कार्कीको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं लगिएको छ । सिसिटिभीको फुटेज, स्थानीयले बताएको हुलाकी तथा अन्य सुराकको आधारमा उनीहरु पक्राउ परेको एक प्रहरी अधिकारीले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij