Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

गोदावरी साइक्लोथोन २०२२ आयोजना हुँदै

गोदावरी साइक्लोथोन २०२२ आयोजना हुँदै

  • काठमाडौँ । गोदावरी उद्योग वाणिज्य संघले कात्तिक ९ गते गोदावरी साइक्लोथोन २०२२ को आयोजना गर्ने भएको छ । गोदावरी साइक्लोथोनको परिकल्पना तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र गोदावरी नगरपालिकाको सहयोगमा हुन लागेको छ । साइक्लोथोन २०२२ का लागि आज नेपाल पर्यटन बोडमा पत्रकार सम्मेलन गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले साइक्लोथोनमा सहभागी हुन अनलाईन फर्म भरेर कार्यक्रममा सहभागी हुन सक्ने बताए । 

    AGNI GROUP

    राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरु र नेपाली सेना तथा सशस्त्र प्रहरी लगायत हालै पोखरामा भईरहेको राष्ट्रिय खेलकुदमा सहभागी साइकल यात्रीहरु सहितको सहभागीतमा रहने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

    साइकल यात्रा गोदावरी नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीबाट सुरु भएर नगरपालिकाका १४ वटै वडाको परिक्रमा गर्नेछ । साइकल यात्राको दुरी ५० किलोमिटर हुनेछ ।

    साइकल यात्रा गोदावरी नगरपालिका प्राङ्गणबाट बिहान साढे सात बजे सुरु भई विभिन्न ठाउँ हुँदै नगरपालिका प्राङ्गणमा आएर समापन हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij