Jun 22 2026 | २०८३, असार ८ गते
ललितपुर । भैसेपाटीस्थित नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ । महतो मार्गमा बस्ने नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका विभिन्न गहना चोरी भएको बताइएको छ ।
कार्कीको कोठाबाट करिब ५ लाख बराबरको धनमाल चोरी भएको र घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij