Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । भोली आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । जिल्लाको १३१ स्थानमा रहेका २९० वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि ललितपुरमा तीन हजार चार सय भन्दा बढी सुरक्षाकर्मी खटिएको प्रहरी बरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिनुभयो। ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, जिल्ला सबै सीमा नाकाहरुमा निगरानी गरिएको छ’, प्रहरी बरिष्ठ उपरीक्षक पोखरेलले भन्नुभयो, ‘सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् । हामीले पूरा तयारीका साथ सबै स्थानमा सूरक्षाकर्मीहरुलाई परिचालित गराएका छौं ।’
निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उहाँले बताउनु भयो । उहाँका अनुसार निर्वाचनमा प्रहरी र प्रहरीको सहायताका लागि एक हजार ३ सय आठ जना म्यादी प्रहरी परिचालन भएका छन् । 
निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उहाँले बताउनु भयो। मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो ।
‘तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौं’, उहाँले भन्नुभयो, ‘बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौं ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij