Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चोरी भएका २२ सवारी साधन धनीलाई हस्तान्तरण

चोरी भएका २२ सवारी साधन धनीलाई हस्तान्तरण

  • काठमाडौं। विभिन्न स्थानबाट चोरी भएका २२ वटा सवारी साधन आज सवारी धनीलाई हस्तान्तरण गरिएको छ।रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।
     
    चालु आर्थिक वर्षमा ५९२ वटा सवारी साधन हराएको निवेदनका आधारमा फेला परेका २०४ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो। जसमध्ये साउनमा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडि ६ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ। 

    onlinepatrika
    Arghakhachi

    धनी नखुलेका ३६ वटा सवारी साधन भने ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij