Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैंकको आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रूपैयाँ उनान्नब्बे पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम पैँतालीस करोड अड्तीस लाख दश हजार ६ सय छयासी रूपैयाँ पञ्चानब्बे पैसा बराबरको बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ ।

    AGNI GROUP

    यस्तै कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

    सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच गत साउनमा संस्था प्राप्ति सम्बन्धी सहमति भएको थियो । जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया बढाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij