Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

को बन्नेछन् प्रधानमन्त्री ?  

को बन्नेछन् प्रधानमन्त्री ?  

  • काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ ।

    AGNI GROUP

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार बनाउने विषयमा नेताबीच छलफल भइरहेको छ । प्रमुख पदका साथै प्रदेश प्रमुख, राजदूत नियुक्ति, संवैधानिक आयोगमा नियुक्तिलगायत महत्वपूर्ण पद बाँडफाँट गरेर अघि बढ्ने’ छलफल भइरहेपनि ‘प्रधानमन्त्री को ?’ हुने भन्ने विषयमा सहमति जुट्न सकिरहेको छैन ।

    देउवालाई आफ्नैबाट अप्ठ्यारो
    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापालगायत नेता ‘संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न योजनाबद्ध रूपमा अघि बढेपछि देउवा अप्ठयारोमा परेका हुन् । यद्यपि, देउवा पुनः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुनेमा निधि ढुक्क रहेको दाबी गरिएको छ ।

    प्रचण्डको दबाब
    कांग्रेसभित्र ‘प्रधानमन्त्री को हुने ?’ रस्साकस्सी भइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ ले ‘प्रधानमन्त्री आफू हुने र कांग्रेसले राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर अघि बढ्नुपर्ने’ भन्दै दबाब दिएका छन् । उनको सचिवालयका अनुसार ‘देउवालाई प्रचण्डले गठबन्धनका तर्फबाट प्रधानमन्त्री आफू हुने’ दाबीसमेत पेस गरिसकेका छन् ।

    ‘प्रधानमन्त्रीमा आलोपालो गरेर अघि बढ्न सकिने समेत शीर्षनेताबीच छलफल भएको छ । जसअनुसार प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री हुन खोजेका छन् । एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनुअघि ‘अढाई वर्ष प्रधानमन्त्री हुने’ सहमति गरेर पार्टी एकता गरेका प्रचण्ड पहिलो चरणमै सजग देखिन्छन् ।

    कांग्रेसको बहुमत नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवालाई ‘प्रधानमन्त्री आफू र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नै बनाएको’ स्मरण गर्दै प्रचण्ड ‘कांग्रेसबाट पनि धोका हुनसक्ने पूर्वानुमानसहित पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमा रहेको’ माओवादी स्रोतको दाबी छ । सरकार निर्माणका लागि सहमति जुटाउन प्रचण्डसहित नेपाल, डा। बाबुराम भट्टराईलगायत नेताले डिल्लीबजार कारागारमा रहेका उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई भेटेर ‘सहयोग गर्न’ आग्रह गरिसकेका छन् । यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट