Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

३५ दिनभित्र फोहोर व्यवस्थापन गर्न महानगरको आग्रह

३५ दिनभित्र फोहोर व्यवस्थापन गर्न महानगरको आग्रह

  • काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयले आफ्नो परिसरमा फोहोरको सही व्यवस्थापन नगरिएको कारण सिङ्गो सहरको सुन्दरतामा ह्रास आएको महानगरले जनाएको छ ।

    AGNI GROUP

    वातावरण तथा कृषि विभागले सूचना जारी गर्दै महानगरको जताततै छरिएका पुराना उपकरण तथा अन्य फोहर ३५ दिनभित्र व्यवस्थापन गर्न ती निकायलाई आग्रह समेत गरेको छ । काठमाण्डौ महानगरपालिकाले सो सूचनाअनुसार कार्य नगरिएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० को कानूनी व्यवस्था अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

    त्यसका साथ फोहरमैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी कार्यालयको नाम समेत सार्वजनिक गर्ने महानगरले सूचनामार्फत जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij