Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। जनमत पार्टी अध्यक्ष डा. सीके राउत संसदीय दलको नेतामा चयन भएका छन्। काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो।
जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न यतिबेला बैठक बसिरहेको छ। जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन्।
राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै संघीय सांसदमा निर्वाचित भएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij