Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका छन् ।
जसमा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना , लापरबाहीका साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारबाही गरिएको छ ।
सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ।
सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij